Rule 19
कार्यवाहक भई काम गर्नेः

(१) प्रमुख सूचना आयुक्त विदामा बसेको, विदेशमा गएको वा
प्रमुख सूचना आयुक्तको पद रिक्त भएको अवस्थामा त्यस्तो विदाको अवधिभर, विदेशमा
गएको अवधिभर वा रिक्त पद पूर्ति नभएसम्मको लागि वरिष्ठतम सूचना आयुक्तले कार्यवाहक
प्रमुख सूचना आयुक्त भई काम गर्नेछ ।
(२) उपनियम (१) बमोजिम कार्यवाहक प्रमुख सूचना आयुक्त भई काम गर्ने सूचना
आयुक्तले लगातार पन्ध्र दिनभन्दा बढी अवधि कार्यवाहक भई काम गरेमा त्यसरी कार्यवाहक
भई काम गरेको अवधि भरको लागि प्रमुख सूचना आयुक्तले पाए सरहको पारिश्रमिक र
सुविधा पाउनेछ ।

(३) यस नियमावलीको प्रयोजनको लागि वरिष्ठताको आधार कायम गर्दा नियुक्ति
मितिको आधारमा गरिनेछ र सबै सूचना आयुक्तको नियुक्ति मिति एउटै भएमा नियुक्तिको
क्रमको आधारमा वरिष्ठता कायम गरिनेछ ।